समृद्धिका लागि आधार र संरचना तयार : प्रधानमन्त्री ओली

काठमाडौं, चैत्र १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन् ।  आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको दाबी गरे।

‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको सबै आधार तयार भएको छ।’ समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले प्रष्टीकरण दिए।

‘त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गर्‍यौं, राष्ट्र एक ठाउँमा रह्यो,’ उनले भने, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं।’ प्रधानमन्त्री ओलीले विभिन्न बहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भइसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताए ।

ती शक्ति पराजित भएपछि अब मुलुक पृथकतावाद नभएको टुक्र्याउनुपर्छ भन्ने माग नभएको सबल र सुदृढ अवस्थामा पुगेको दाबी उनले गरे । उनले भने, ‘जात, भूगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौ ।’

उनले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रीत गरिने बताए । राष्ट्र निर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उनले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्नेतर्फ होसियार हुनुपर्ने आवश्यकता औंल्याए ।

सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा रहने वर्गलाई आफ्ने सभ्यताको गौरवलाई नभुल्न र मर्यादित बन्न पनि उनले सचेत गराए । उनले लोकतन्त्र प्राप्ति र रक्षामा  सञ्चारमाध्यमको असाधारण भूमिका, सजगता र क्रियाशील रहेको तथा लोकतन्त्रलाई सुदृढ गर्ने सवालमा पनि जिम्मेवार बनेको भन्दै सञ्चार क्षेत्रको प्रशंसा गरे । 

Scroll to Top