• The Public Today
  • हावाहुरीपीडितलाई नेकपाले सहयोग गर्ने


    हेटौँडा, २० चैत (रासस) :
    बाराका हावाहुरी पीडितका लागि नेकपा मकवानपुरले सहयोग गर्ने भएको छ । नेकपा मकवानपुरको मङ्गलबारको बैठकले प्रदेश नं २ मा हावाहुरीका कारण मारिएकाको परिवार तथा धनजनको क्षति भएकाहरुका लागि राहत सङ्कलन गरेर सहयोग गर्ने निर्णय गरेको हो ।

    राहत सङ्कलनका लागि नेकपाले जिल्ला कमिटी, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडास्तरका कमिटीलाई परिचालन गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिनुभयो । नेपाली नागरिक समस्यामा परेको बेलामा सहयोग गर्नुपर्छ भनेर निर्णय गरिएको उहाँको भनाइ छ ।

    सबै तहका कमिटीबाट सङ्कलन गरिएको राहत यही चैत २४ गतेभित्रमा नेकपा पार्टी कार्यालय पुष्पलाल पार्कमा जम्मा गर्ने तथा त्यसरी जम्मा भएको राहत सामग्री बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि पठाइने निर्णय भएको नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले जानकारी दिनुभयो ।

    यसैबीच नेपाली काङ्ग्रेस प्रदेश नं ३ को संसदीय दलको कार्यालयले पनि हावाहुरीपीडितलाई थप रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशसभामार्फत तीन दिनको तलब सहयोग गरिसकेका काङ्ग्रेस सांसदले थप रु एक लाख सहयोग गर्ने निर्णय गरेको काङ्ग्रेस संसदीय दलले जनाएको छ ।


    क्याटेगोरी : राजनीति


    प्रतिक्रिया दिनुहोस