हुरीपीडितको घरबार पुनर्निर्माण गर्न प्रदेश सरकार सक्षम : मन्त्री सोनल

जनकपुरधाम, चैत्र २६ गते । भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले पीडितको घरबार पुनर्निर्माण गर्न प्रदेश सरकार सक्षम रहेको बताएका छन् ।

पुनर्वासका लागि प्रदेश सरकारले कार्य थालिसकेको उल्लेख गर्दै मन्त्री सोनलले भने, ‘क्षति र लागत संकलनको कार्य भइरहेको छ । रिपोर्ट आएलगत्तै प्रदेश सरकारले काम सुरु गर्नेछ ।’

पीडितको घर निर्माण गर्न मुख्यमन्त्री राहत कोषमा दाताहरूबाट उल्लेख्य आर्थिक सहयोग जम्मा भइरहेको उनले बताए । ‘विदेशी राष्ट्रहरू पनि सहयोग गर्न तत्पर छन् । हाम्रै देशका उद्योगपतिहरू पनि सहयोग गर्न अगाडि आइरहेका छन्,’ मन्त्री सोनलले भने ।

सोमबार मात्रै स्विटजरल्यान्ड राजदूतावासका प्रतिनिधिले घर, शौचालय निर्माण तथा खानेपानी क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । 

Scroll to Top