• The Public Today
  • मोदी फेरि प्रधानमन्त्री बने शान्ति वार्ता हुनसक्छ : इमरान खान


    गाैशाला, चैत्र २७ गते । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना अत्यधिक हुने बताएका छन् ।

    मंगलबार विदेशी पत्रकारसँग इमरान खानले भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने बताएका छन् ।

    Advertisement

    खान भन्छन्, ‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्ण रुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’

    उनले थपे, ‘अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिले पनि सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि हमला भइरहेको छ । मोदी इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूजस्तै छन् । दुबै डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

    इमरान खानले भने, ‘बिजेपीले जम्मू–कश्मिरसँग विशेष दर्जा खोस्ने कुरा बताइरहेका छन् र यो निकै चिन्ताजनक छ । यद्यपि, यो चुनावी फण्डामात्रै पनि हुनसक्छ ।’ एजेन्सी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, विदेश


    प्रतिक्रिया दिनुहोस