आँपको फड्के कीरा (Mango Hopper) अरु किराभन्दा डर लाग्दाछन् । यो आँपका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निकै नोक्सान पु¥याएको पाईएको छ । यसले आँपखेती गर्ने क्षेत्रमा भयङ्कर आक्रमण गरेको पाईएको छ । यो कीराले वर्षेनी लाखौँ रुपैँयाको क्षति पु¥याउँछ । तराईमा यसकीरालाई ‘मधुवा’ भन्दछन् ।
पहिचान : वयस्ककीरा सानो, शरीरको अगाडिको भागचौडा र पछाडिको भागतिखारिएको र करिव ३ मिलिमिटरको हुन्छ । यसको शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिनापहेलो र कालाचिन्हहरु हुन्छ । यिनका तिनजोडा खुट्टा मध्ये पछिल्लो जोडा खुट्टामोटा हुन्छन् जसको मद्दतले यि उफ्रन वा फड्कन सक्छन् । यिनका बच्चा पंख बिहिन हुन्छन् । धेरै कीरा लागेको रुखको छेउमा गएर हांगालाई हल्लायो भने हजारांैको सङ्ख्यामा यि कीराहरु भुनभुनाउँदै उडछन् ।
नोक्सान गर्ने बाली : आँप, सपोटा क्षतिको लक्षण :- आँपको मुजुरा निस्केपछि यो कीराको सङ्ख्यामा ठूलो वृद्धि हुन्छ ।यसका वयस्क तथा बच्चाहरुले आँपको कलिलो मुजुरा र फूलबाट रस चुस्दछन्, जसको फलस्वरुप फूल र कोपिलाहरु ओइलाएर झर्दछन् । फड्के कीराको शरीरबाट एक प्रकारको गुलियो पदार्थ निस्कन्छ । कीरा धेरै लागेको बोटमा पात, डांठ र भुइ समेतमा यस्तो गुलियो पदार्थले ढाक्निछ जसमा हजाराँंको संख्यामा झिगां, मौरी र भुसुनाहरु झुम्मिन्छन् । यस्तो गुलियो पदार्थमा एक प्रकारको ढुसी लाग्दछ जसलाई सुटी मोलड ( क्ययतथ mयमि) भनिन्छ । यो ढुसीले गर्दा पात, डांठ र भुइसमेत काला देखिन्छन् । यो कालो ढुसीले बिरुवाको प्रकाश सश्लेषण प्रक्रियामा वाधा पु¥याउँदछ । यसरी कीराको आक्रमणबाट पीडित बोटहरु रोगाउँछन् र यिनका फूल र कलिला फलहरु झर्ने गर्छन् ।
समाधान :-
- खेतबारी सफासुग्घर राख्ने र पानी जम्न नदिने ।
- पहेलो टाँसिने पासोको प्रयोग गर्ने ।
- बत्तिको पासो प्रयोग गर्ने ।
- किरा लागेका हाँगालाई हान्ने÷हल्लाउने जसले गर्दा कीराहरु भुईमा झर्छ ।
- बोटको मुल स्तम्भमा ग्रिजमा अण्डीको तेल मिसाएर ५ से.मि.चौडा लेप लगाउने जसले गर्दा बच्चा किराहरुलाई रुखको टुप्पासम्म पुग्नबाट रोक्दछन् ।
- मेटारहिजिएमएनिसोफिली (हरियो ढुसी) जैविक विषादीको प्रयोग गर्ने ।
रसायनिक विषादीहरु :- जस्तै एसाटामाप्रिड ५०% डब्लु.डि.जी. वा साइरोम्याजिन७०% डब्लु.पी. वा मालाथियन ५०% ई.सी. वा डाइमिथोएट ३०% ई.सी., वाइमिडाक्लाप्रीड १७.८% ऐस.एल. वा थायोमेथोक्साजाम २५% डब्लु.जी.प्रति लिटर पानीमा १ मि.लि. का दरले ३ पटक छर्नु पर्छ ।
पहिलोपटक : फूललाग्न सुरु भन्दा अगाडी
दोस्रो पटक : फूललागि सकेपछि
तेस्रो पटक : फल केराउको दानाजत्रो भएपछि ।
(लेखक – महोत्तरीको बर्दिबास स्थित टेक्निकल इन्स्टिच्युट अफ एग्रीकल्चर डिप्लोमा बाली विज्ञानका प्रशिक्षक हुन् ।)