आँधी प्रभावितलाई राष्ट्रिय बाणिज्य बैंकद्वारा ७५ लाख सहयोग

काठमाडौं, चैत्र २७ गते । बारा र पर्साका हावाहुरी प्रभावितलाई राष्ट्रिय बाणिज्य बैंकले ७५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा हुने गरि ७५ लाखको चेक हस्तान्तरण गरेको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा एक समारोहकाबीच बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।