गौशाला, चैत्र २८ गते । आइपिएल क्रिक्रेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पञ्जावमाथि शानदार जित हात पारेको छ। १९७ रनको लक्ष्य पक्ष्याएको मुम्बाइले २० ओभरको पूरा खेल खेल्दा जित भेटाएको हो।
मुम्बइका किरण पोलार्डले विष्फोटक ब्याटिङ गर्दा पञ्जावले हाइ स्कोर बनाउदा समेत हार बेहोर्नु पर्यो। पोलार्डले ३१ बलमा ८३ रन बनाए भने अन्य खेलाडि क्वन्टन डी ककले २४, सूर्य कुमार यादवले २१, हार्दिक पाण्ड्याले १९ र डेब्यु ब्वाए ए लाडले १५ रन जोडे भने अल्जारी जोसेफले नटआट १५ रन जोडे। जेसेफले अन्तिम बलमा दुई रन हान्दा मुम्बाईको जीतको लक्ष्य पूरा भएको हो।
त्यसअघि मुम्बई वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ओपनर राहुलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। राहुलले ६४ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा नटआउट १०० रन बनाए।
राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै पञ्जावलाई राम्रो सुरुवात दिलाएका थिए। गेलले ३६ बल खेल्दै ३ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए। यस सिजन चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको मुम्बई पञ्जावलाई रनरेटमा पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक रहेको कोलकता नाइट राइडर्स भने रनरेटमा मुम्बईभन्दा अघि छ।