
द पब्लिक टुडे समाचारदाता-
बर्दिवास, चैत्र २८ गते । जंगली जनावर बँदेलको आक्रमणमाबाट महोत्तरीमा ९ जना घाइते भएका छन् । बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा बँदलेको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् भने ६ जना समान्य घाइते भएका छन् ।
बँदेलको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ । त्यस्तै सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिनुभयो ।
बिहीबार बिहान गाँउमा आएको बँदेलले स्थानीय रबिन्द्र महतोले चलाउँदै गरेको ज ८ प ८७८२ नम्बरको मोटरसाइकलमा र ज १ ह ४५८० नम्वरको अटो रिक्सामा धक्का दिएको थियो । बँदेलले आक्रमण गर्ने क्रममा पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बलले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयहरुले सुरक्षा वेशमा ढुङ्गामुढा गरेका थिए ।
बँदेलमाथी प्रहरीले गोली किन प्रहर गरेन भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दा सेन्टीमा बसेको एक जना जवान घाईत भएको सशस्त्र वेश क्याम्प पशुपतिनगरले जनाएको छ । आक्रमक बँदेललाई सम्बन्धित निकाय र प्रहरीले नियन्त्रणमा लिनुपर्ने हिसाबले प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताउनुभयो ।
बँदेलको आक्रमणबाट घाइते भएकाहरुको उपचार खर्चमा ध्यान दिने बर्दिवासका नगर प्रमुख विदुर कुमार कार्कीले बताउनुभयो ।