यू-१९ विश्वकप छनोट : नेपालसंग सिंगापुर २ सय १७ रनले पराजित

फाइल फोटो
 

काठमाडौं, चैत्र २९ गते । यु –१९ विश्वकपको छनोटका लागि नेपालले सुःखद सुरुवात गरेको छ । १९ वर्षमुनीको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । 

मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए ।  त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए ।

Advertisement

जवाफमा ब्याटिङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए । सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए । यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए ।

प्रतियोगिताको दोस्रो खेल नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्नेछ।

Scroll to Top