• The Public Today
  • प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त


    काठमाडौं, बैशाख ६ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।

    थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

    Advertisement

    संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

    २०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस