चेन्नई पुगेका २६ किशोरको उद्धार

p4f/ ul/Psf afns s]Gb|Lo afn sNof0f ;ldlt nlntk'/n] ef/tsf] al/of/k'/ ;Ltfd9Laf6 z'qmaf/ /flt p4f/ ul/Psf ljleGg lhNnfsf afns . tl:a/M lxdf+z' rf}w/L, /f;;, hgsk'/wfd

द पब्लिक टुडे समाचारदाता
गौशाला, वैशख ७ गते
। रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ ।

ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो । भारतीय सुरक्षा पदधिकारीले गत चैत १३ गते विभिन्न बसबाट ती किशोरलाई हिरासतमा लिएर संरक्षणका लागि उक्त बालगृहमा राखेका थिए ।

केन्द्र्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत सञ्जीव महतोका अनुसार उद्धार भएकामा महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई बालक छन् ।बाह्र देखि १७ वर्षका ती किशोर चेन्नईमा राम्रो रोजगारी पाइन्छ भनी साथीहरूबाट सुनेकाले त्यसतर्फ जान लागेको बताइएको छ । उद्धार गरिएका सबै बालक अशिक्षित छन् ।

उद्धार गरिएका बालक प्रवीण पासवानका अनुसार भारतीय सुरक्षाकर्मीले नागरिकता नहुनेलाई नियन्त्रणमा लिने र नागरिकता हुनेलाई चेन्नई जान दिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्धार गरिएका बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न सुझाव दिनुभयो । उहाँले रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला निकाल्ने गरिएकाले आ–आफ्ना छोराको ख्याल गर्न पनि आग्रह गर्नुभयोे ।

Scroll to Top