गफ र हावादारी सपनाबाट समृद्धि आउँदैन : नेता केसी

बुटवल, बैशाख ९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको सरकारले गफ र हावादारी सपनामात्र देखाएको भन्दै यसले मलुक समृद्ध नहुने दावी गरेका छन् ।

सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको उनको दावी छ ।

बुटवलमा रिपोर्टस क्लब प्रदेश ५ ले गरेको साक्षातकारमा उनले सरकार लोकतन्त्रको आवरणमा सरकार सर्बसत्ताबाद र अधिनायकवादको बाटोमा गएको भन्दै संसदीय ब्यवस्था नै फेल गराउने पो हो कि भन्ने चिन्ता लागेको सुनाए ।

‘कसैले सरकारको विरोधै गर्न नपाउने, लेख्नै नपाउने, बोल्नै नपाउने, लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक हुन्’ उनले भने ‘सञ्चार विधेयकले सरकारले सूचना रोक्ने र देशलाई संकुचन गर्ने काम गर्‍यो ।’