विद्यालय र अस्पतालको २ सय मिटरभित्र मदिरा बिक्री वितरणमा रोक

Facebook
Twitter
WhatsApp
Print

जनकपुरधाम, बैशाख ९ गते । धनुषामा विद्यालय र अस्पताल क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री वितरणमा कडाई गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले विद्यालय र अस्पताल क्षेत्रको दुई सय मिटरभित्र मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र लेख्दै त्यसमा कडाइ गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, जनकपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई समिति, उद्योग वाणिज्य संघ र चेम्बर्स अफ कमर्सलाई पत्राचार गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार