सञ्जय र सलमानको फिल्ममा दीपिका नायिका

Facebook
Twitter
WhatsApp
Print


एजेन्सी, फागुन १५ गते । सञ्जय लिला भन्सालीको निर्देशनमा बन्न लागेको नयाँ फिल्मका लागि बलिउड स्टार सलमान खान हिरो बन्ने पक्का भएको छ। ‘खामोसी’, ‘हम दिल दे चुके सनम’ र ‘साँवरिया’ पछि सञ्जय–सलमान एकसाथ काम गर्न लागेका हुन्।

सञ्जयले आफ्नो नयाँ फिल्ममा दीपिका पादुकोणलाई नायिका बनाउने तय भएको पनि समाचार एजेन्सीहरुले जनाएका छन्। दीपिकाको सुन्दरता र अभिनय प्रतिभाबाट सञ्जय निकै प्रभावित छन्।

तर, सञ्जयले नायिका छनोट गर्ने जिम्मा यस पटक सलमानलाई दिएका थिए। सलमानले पनि अहिलेसम्म दीपिकासँग कुनै फिल्ममा काम नगरेकोले उनलाई नै रोजेको बताइएको छ।

दीपिकाले सञ्जय लिला भन्साली निर्देशित ‘गोलियों की रासलिला रामलिला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ मा नायिकाको भूमिका निर्वाह गरेकी थिइन्। र, यी तीन वटै फिल्म सफल भएका थिए।

अघिल्ला तीन वटा फिल्ममा दीपिकाको जोडी बनेर अभिनय गरेका रणवीर सिंह भने सञ्जयको आगामी फिल्ममा देखापर्ने छैनन्।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार