नयाँ दिल्ली, बैशाख ९ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार जयपुरमा भएकाे खेलमा दिल्ली क्यापिटल्सले राजस्थान राेयल्सलाई ६ विकेटले पराजित गरेकाे छ। याे हारसँगै राजस्थानका लागि शीर्ष ४ मा पुग्ने बाटाे समाप्त भएकाे छ।
दिल्लीले जितका लागि १ सय ९३ रनकाे ठूलाे लक्ष पाएकाे थियाे। तर दिल्लीका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ५४ र पृथ्वी शाहले ४२ रनकाे याेगदान दिएपछि जीतका लागि मार्ग प्रसस्त बनेकाे थियाे। उत्कृष्ट सुरुवातलाई रिसभ पन्तले जितमा बदलेका थिए। उनले शानदार ७८ रनकाे याेगदान दिएपछि दिल्लीले ४ बल खेल्नु अगावै जित हासिल गरेकाे हाे। ‘म्यान अफ दि म्याच’ समेत बनेका पन्तले ७८ रन बनाउँदा मात्र ३६ बलकाे सामना गरेका थिए। जसमा ६ चाैका र ४ छक्का सामेल थियाे। याे सँगै राजस्थानका लागि अजिंक्या रहाणेकाे शतकसमेत खेर गएकाे छ।
टस हारेर सुरुमा ब्याटिङका लागि उत्रिएकाे राजस्थानले प्रारम्भिक ब्याट्सम्यान रहाणेकाे अविजित १ सय ५ रनकाे मदतमा १ सय ९२ रनकाे याेगफल तयार गरेकाे थियाे। राजस्थानका कप्तान स्टिव स्मिथले पनि ५० रनकाे पारी खेलेपछि राजस्थानले मात्र ६ विकेटकाे क्षतिमा साे लक्ष पेस गरेकाे थियाे।
याे जितसँगै दिल्ली ७ वर्षपछि ‘प्ले-अफ’काे संघारमा छ। अब उसलाई ‘प्ले-अफ’मा आफ्नाे स्थान सुरक्षित गर्न मात्र एक जित अर्थात २ अंक मात्र भए पुग्छ। ११ म्याच खेलेकाे दिल्लीले हालसम्म ७ मा जित र ४ खेलमा हार बेहाेर्दै १४ अंक जाेडेकाे छ।
याे जितसँगै दिल्लीले सुरुदेखि नै अंकतालिकाकाे पहिलाे स्थानमा रहेकाे महेन्द्र सिंह धाेनीकाे कप्तानीमा रहेकाे चेन्नई सुपर किंग्सलाई उछिनेकाे छ। चेन्नई दाेस्राे स्थानमा झरहेकाे छ।