एयर इन्डियाको विमानमा आगो लाग्यो

Facebook
Twitter
WhatsApp
Print

नयाँदिल्ली, वैशाख १२ गते – अमेरिकी शहर सान फ्रान्सिस्कोका लागि उड्न लागेका एयर इन्डियाको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

दिल्ली विमानस्थलमा बुधबार फ्लाइट अगाडि बोइङ बी७७७–२००एलआर विमान रिपेयरिङका लागि राखिएको थियो ।

सोही क्रममा विमानमा आगोको झिल्का देखा परेको थियो । आगलागी विस्तारै सुरु हुँदैगर्दा अग्नी नियन्त्रकले पानी हालेर आगो निभाएपछि विमान आगजनी हुनबाट जोगिएको हो ।

बिहीबार एयर इन्डियाले विमानमा आगलागी भएको भिडियो सार्वजनिक गरेको छ । एयर इन्डियाले इन्धन लिक हुने समस्या बाहेक विमानमा अन्य क्षति नभएको जानकारी दिएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार