दुर्घटनामा निधन भएका शव काठमाण्डाै ल्याउने तयारी

zj ;'s]6f/ ljdfg:yndf NofOFb} tfKn]h'ªdf a'waf/ x]lnsK6/ b'3{6gfdf k/L d[To' ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;'s]6f/ ljdfg:yndf NofOFb} . tl:a/M gf/fo0f 9'+ufgf, /f;;

ताप्लेजुङ, फागुन १६, – हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव दुर्घटनास्थलबाट सुकेटारमा पुर्‍याइएको छ । ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव केहीबेरअघि सुकेटार पुर्‍याइको हो ।

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए ।

दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर शव संकलन गरेको हो । ताप्लेजुङमा बुधबारभन्दा मौसम केही सुधार भए पनि पुरै भने खुलेको छैन ।

सरकारले पर्यटन मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको दाहसंस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग पनि गठन गरेको छ ।

Scroll to Top