• The Public Today
  • बाराबाट भ्रष्टाचारका धेरै उजुरी, नौ महिनामा १९ जना पक्राउ


    हेटौडा, बैशाख १५ गते । अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले सेवाग्राहीसँग घुस लिने १९ जना मकर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा चलाएको छ ।

    चालू आर्थिक वर्षको पहिलो नौ महिनामा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक र प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् । 

    कार्यलयका सूचना अधिकारी देवकुमार राईका अनुसार उक्त अवधिमा भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको छ । उक्त अवधिमा ८१९ उजुरी परेका छन् ।  कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नम्बर ३ का नौ र प्रदेश नं २ का दुईसहित ११ जिल्लाबाट ती उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए ।

    उनका अनुसार ती उजुरीमध्ये ४३८ उजुरीको छिनोफानो भइसकेको छ। बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ ।  कार्यालयमा परेका उजुरीमध्ये अधिकांश विकास निर्माण, आन्तरिक आयको विनियोजन, उपभोक्ता समिति तथा ठेकेदारको काम, सामाजिक सुरक्षा भत्ता तथा सार्वजानिक शिक्षा र स्वास्थ्य क्षेत्रका छन् । 

    सबैभन्दा बढी बाराबाट परेको २२८ उजुरीमध्ये ८९ वटाको छनोफानो भइसकेको छ । त्यस्तै पर्साका १९५ उजुरीमध्ये ९१ बटाको छिनोफानो भइसकेको छ । मकवानपुरको १३२ उजुरीमध्ये ५९ वटाको छिनोफानो भइसकेको कार्यालयले जनाएको छ । रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस