द पब्लिक टुडे समाचारदाता
जलेश्वर, वैशाख १५ गते ।
विना दर्ता संचालनमा रहेका बोडिङ्ग स्कुललाई बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले कदम चालने भएका छन् । आइतबार जिल्ला समन्वय समिति महोत्तरी जलेश्वरका अध्यक्ष सुरेशप्रसाद सिंहको उपस्थितमा भएको बैठकमा शिक्षा तथा समन्वय इकाइका प्रमुख शत्रुधन यादवले अनुगमन गरेर तुरुन्तै गैरकानुनी रुपमा संचालनमा रहेका अबैध बोडिङ्ग स्कुललाई बन्द गर्ने जनाए ।
निजी विद्यालयका संगठन प्यापसनका केन्द्रीय सदस्य राकेश कर्णले महोत्तरीमा करीब दुई सय ७५ अबैध विद्यालय संचालनमा रहेको बताएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमै विना दर्ता विद्यालय निर्वाधरुपमा संचालनमा छन् ।
प्यापसन महोत्तरीका सल्लाहकार लवराजा सिंहले च्याउ उमरेझैं बोडिङ्ग स्कुल खुलेको जनाए । अबैध रुपमा संचालनमा रहेको त्यस्ता स्कुलले सरकारको राजस्व छल्ली गरिरहेको जनाए ।