काठमाडौं, बैशाख १८ गते । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने शोषण अब नसहने बताएका छन् । १३० औँ मजदुर दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रमिकलाई शोषण गर्नेहरूका संरक्षकलाई पनि सरकारले नछाड्ने चेतावनी दिए ।

‘चाहे देशभित्र काम गर्ने या विदेशमा काम गर्नेको सन्दर्भमा कुनै बहानामा शक्तिकेन्द्रको आडमा शोषण गर्ने कुरालाई सहने छैन’, उनले भने, ‘श्रमिकमाथि कुनै पनि प्रकारका शोषणहरूको अन्त्य गरिनेछ। श्रमिकपक्षीय समाज निर्माण गर्ने गरी सरकार अघि बढेको छ। बोल्न मात्रै मैले बोलेको होइन, साँचो अर्थमा परिवर्तन दिलाउन बोलेको हो ।’
अहिले पनि पसिना बगाउने श्रमिकको जीवन पीडादायक र दुःखदायक रहेको भन्दै विष्टले चिन्ता जनाए। ‘अब श्रमिकहरूका पनि सुनौला दिनहरू उदाएका छन् । श्रम अडिटलाई आगामी दिनमा तीव्र बनाउँछौँ। न्यूनतम तलबको प्रभावकारी कार्यान्वयन हुन्छ’, उनले भने, ‘श्रमिकको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी हुने व्यवस्था हुन्छ ।