विजय कुमार सिंह
ढल्केबर, बैशाख १९ गते । विश्व मजदुर दिवस विश्वभर भव्यताका साथ मनाएको छ । प्रत्येक अंग्रेजी वर्ष मे १ मा मनाउने विश्व मजदुर दिवस यस बर्ष पनि धनुषा लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको हो ।

१३० औं विश्व मजदुर दिवस नेपाल राजमिस्त्री मजदुर संघ धनुषाले ढल्केवरमा विशाल ¥यालीको आयोजना गरी मनाएको छ । बुधवार मिथिला नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय ढल्केबर नजिकै रहेको संघको कार्यालयबाट सुरु भएको ¥याली ढल्केवर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । “विश्वका मजदुर हामी एक हौं, मजदुर दिवस सफल पारौं, नेपाल राजमिस्त्री संघ धनुषा जिन्दावाद” लगायतका नारा ¥यालीमा सहभागी मजदुरहरुले लगाएका थिए ।
सयौं मजदुरहरुको सहभागिताका निकालिएको ¥याली पुन संघको कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल राजमिस्त्री मजदुर संघ धनुषाका अध्यक्ष नथुनी महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको प्रमुख आतिथ्यमा कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा विशिष्ट अतिथी मिथिला नगरपालिकाका उपमेयर तारा कुमारी बस्नेत, नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापती राजकुमार महतो, नेपाल राजमिस्त्री संघ धनुषाका पदाधिकारीहरुलगायत सयौं मजदुरहरुको सहभागिता रहेको थियो ।
यस्तै, महोत्तरीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मजदुर दिवस मनाएको छ । महोत्तरीका श्रमिकहरुले श्रमको उचित मुल्यांकन र पारिश्रमिकको कुरा अझै आन्दोलनको बिषय रहेको औंल्याएका छन् ।
१३० औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा श्रमिकहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपनि श्रमिकको अवस्थामा भने अपेक्षित सुधार आउन नसकेको औंल्याएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ महोत्तरीले संयुक्त रुपमा आयोजना गरेका कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रमिकहरुको यस्तो गुनासो आएको हो ।
समारोहमा मन्त्री पोखरेलले अब श्रमिकको श्रम कहिल्यै शोषण नहुने ब्यवस्थाका लागि सरकार लागि परेको बताएका छन् । कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ जिफन्टका जिल्ला अध्यक्ष मुरारीप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको हो ।