यात्रुलाई नियन्त्रणमा लिई स्कारपियो गाडी लुटियाे

काठमाडौं– सर्लाहीमा एउटा स्कारपियो गाडी नै लुटपाट भएको छ। सर्लाहीको बागमती नगरपालिका–१ सीता प्यालेश नजिकैबाट बिहीबार बिहान स्कारपियो गाडी नै लुटिएकाे हाे। लुटपाटपछि लुटेरा समूह फरार भएको छ।

भारतको सीतामढी बस्ने दिव्य भुषण प्रसादले चलाएको बिआर०६पिसी ६३७९ नम्बरको भारतीय स्कार्पियो गाडी लुटिएको हो। स्कारपियोमा सवार ५ जनालाई लुटेरा समूहले नियन्त्रणमा लिएर गाडी नै लुटेकाे बताइएकाे छ।

उनीहरुको साथमा भएको १५ हजार रुपैयाँसमेत लुटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्कारपियोमा सवार ५ जना इलाका प्रहरी कार्यालय कर्मैयामा छन्। घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ। लुटेरा समूह रातो रङको कारमा आएको प्रहरीले जनाएको छ।