सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन : सभापति देउवा

 

काठमाडौं, बैशाख २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्रै भएको भन्दै आलोचना गरेका छन् ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन् । ‘केही पनि नयाँ कुरा छैन, खाली आश्वासनमात्रै छ’ उनले भने । नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक नरहेको देउवाले दावी गरे ।

Scroll to Top