• The Public Today
  • डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा डीएसपी निलम्बित


    रौतहट, वैशाख २१ गते । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।

    प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि ढुंगललाई निलम्बन गरेको हो । डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो । गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन सुरु भएको हो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस