जाभेद अख्तरकाे जिब्रो थुत्ने करणी सेनाले दियो धम्की

वैशाख २३ गते – भारतका प्रख्यात गीतकार जाबेद अख्तरलाई एउटा हिन्दूवादी समुहले जिब्रो थुत्ने र आँखा उखेलिदिने धम्की दिएको छ ।

हालै उनले लेखेको एउटा ट्वीटलाई लिएर करणी सेना नामको समुहले धम्की दिइएको हो । करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले टाइम्ससित भने, ‘हामीले अख्तरलाई तीन दिनभित्रमा माफी माग्न वा परिणामका लागि तयार रहन भनेका छौं । यदि माफी नमागेमा हामी उनको आँखा झिकेर गुच्चा खेल्नेछौं र जिब्रो थुतिदिने छौं । यति मात्रै होइन, हामी उनलाई घरभित्रै घुसेर गोद्नेछौं ।’

मुस्लिम महिलाहरुलाई बुर्का लगाउन प्रतिवन्ध गर्नुपर्ने विषयमा भारतीय जनता पार्टीका केही नेताहरुले आवाज उठाएपछि अख्तरले ट्विटरमा टिप्पणी गरेका थिए । उनले यदि बुर्कामा प्रतिवन्ध लगाउने हो भने हिन्दू महिलाहरुलाई घुम्टो ओढ्न पनि रोक लगाउनुपर्ने बताएका थिए । त्यही अभिव्यक्तिमा करणी सेना आक्रोशित बनेको हो ।

विवाद बढेपछि अख्तरले स्पष्टिकरण दिएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको बताएका छन् । टाइम्स अफ इन्डियासँग उनले भने, ‘अनुहार ढाक्ने परम्पराले सुरक्षा चुनौति बढ्छ भन्ने कुरामा म सहमत छु । त्यसैले बुर्कार्लाइ मात्र होइन, घुम्टोलाई पनि यसमा ध्यान दिनुपर्छ भन्ने मेरो धारणा हो । अहिलेको खुल्ला समाजमा बुर्का र घुम्टो दुवैको आवश्यकता छैन ।’ यस अगाडि फिल्म पद्मावतको विरोध गरेर करणी सेना चर्चामा आएको थियो । एजेन्सी

Scroll to Top