• The Public Today
  • ढल्केवरमा अढाई वर्षिय बालक घरबाट बेपत्ता


    ढल्केवर, बैशाख २३ गते । धनुषाको ढल्केवरमा एक बालक घरबाट बेपत्ता भएको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरबाट एक अढाई बर्षिय बालक घरबाटै बेपत्ता भएको हो । शम्भुसाहको छोरा आर्यन साह सोमबार साँझ ५ बजेबाट बेपत्ता भएको पारिवारिक श्रोतले बताएको छ ।

    बेेेपत्ता बालकले हरियो रङ्गको सर्ट लगाएका हुुुन् । खेल्दै गरेको अवस्थामा घरमै छोडेर नजिकैको धारामा पानी भर्न गएको थियौं ,पानी लिएर आउँदा घरमा बच्चा नदेखेपछि छरछिमेकका घरमा खोज्दा पनि नभेटिएको परिवारका सदस्यले बताए ।

    बच्चा बेपत्ता भए लगतै ढल्केवर ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराइएको छ भने खेतबारीमा जान सक्ने अनुमान गद सयौंको संख्यामा गाउँलेहरु राति ९ बजेसम्म खेतबारीमा खोजी गरेका छन् । यता प्रहरीटोली पनि सक्रियताका साथ खोजी कार्यमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस