धनुषामा दुधेबालकको घाँटी रेटी हत्या

Facebook
Twitter
WhatsApp
Print

विजय कुमार सिंह
ढल्केबर, वैशाख २४ गते ।
सोमबारदेखी घरबाट हराइरहेका धनुषाको ढल्केवरका अढाई बर्षीय दुधे बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राय बताए ।

‘बालकको घाँटी रेटी हत्या गरिएको छ, इन्स्पेक्ट रायले भने,‘गाउँले र प्रहरी मिलेर हराएको बालकको रातीदेखि नै खोजि गरियो । कहि भेटेन ।’तर, मंगलबार बिहान उनको घर पछाडी रहेको आँप बारीमा उनको शव फेला परेको उनले जनाए ।

बालकको हत्याले घरपरिवार गहिरो शोकमा डुबेको छ । पीडित परिवारको दुई छोरी एक छोरा छन् । मृतकका वुवा वैदेशिक रोजगारीमा गएका छन् । घटना स्थालमा प्रहरी घेरा हाली अनुसन्धान थालेको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार