प्रदेश २ यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, बैशाख २४  मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिमलाई ४ विकेटले हराएर उपाधि जितेको हो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन जोड्यो। उसका लागि सुवास ऐरले ४७ रन जोडे। उनले ५४ बलमा ७ चौका हिर्काएका थिए। सन्दीप विष्टले २८ रन र आसिष भट्टले २१ रनको योगदान दिए। बलिङमा प्रदेश २ का बि पटेल र निखिल सिंहले ३–३ विकेट लिए।

१ सय ३४ रनको लक्ष्य प्रदेश २ ले २६.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि रोशन विकसले ३६ रन जोडे। निखिल सिंहले २७ रन र बि पटेलले २८ रनको योगदान दिए। बलिङमा सुदूरपश्चिमका आसिस भट्टले ३ विकेट लिए। 

विजेता – प्रदेश २ – नगद २ लाख ५० हजार रुपैयाँ
उपविजेता – सुदुरपश्चिम– नगद १ लाख २५ हजार रुपैयाँ
उत्कृष्ट ब्याट्सम्यान – आसिस भट्टराई – प्रदेश ३
उत्कृष्ट बलर – दीपक बोहरा – प्रदेश ३
प्लेयर अफ दि सिरिज – सुवास ऐर – सुदुरपश्चिम
इमर्जिङ खेलाडी – भार्गव चटौत – प्रदेश ३

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार