नागरिकता विवाद : गृहको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

File Photo
 

काठमाडौं, बैशाख २४ – सर्वाेच्च अदातलले जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

यसअघि सर्वोच्चले एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय गरे पनि त्यसलाई पुन: उल्टाएर पत्र कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ। 

बालकृष्ण न्यौपानैको रिटमा न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको इजलासले यस्तो आदेश गरेको हो। उक्त इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेशसमेत गरेको छ।

सर्वोच्चले पूर्ण इजलासले सुनुवाइ गरी आदेश जारी नगरेसम्म गृहको परिपत्र कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरेको हो। 

यसअघि सर्वोच्चको एकल इजलासले वंशजका नाममा नागरिकता दिने भनी गृह मन्त्रालयले गरेको पत्रचार कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो।

Scroll to Top