‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने ३ पक्राउ

वीरगञ्ज, वैशाख २६ गते । सादा पोशाकको प्रहरी हुँ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय मुकेश सर्राफ र फेटा गाउँपालिका-७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव पक्राउ परेका हुन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट २५ गते बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरु मध्ये २ जना पूर्वप्रहरी र एक जना पूर्वसशस्त्र प्रहरी हुन् । तर, उनीहरुले बहालवाला सादा पोशाकको प्रहरी भन्दै सर्वसाधरणलाई ठगी गरिरहेको दावी प्रहरीले गरेको छ ।

उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सादा पोशाकको प्रहरी हुँ भनेर सर्वसाधरणलाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रहरीका अनुसार थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । अनलाइनखबर