सात दिन भित्र कर नतिरे कारबाही

बैशाख २७, कर तिर्न आनाकानी गर्ने र सम्पर्कमै नआउनेहरु बढ्न थालेपछि कर कार्यालयहरुले धमाधम सार्वजनिक सूचनानै निकालेर कर तिर्न आउनु भन्दै अपिल गर्न थालेका छन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरले पनि ४९ जना उद्योगी व्यवसायीको नामको सुचि सार्वजनिक गरेको छ । यसमा आयल स्टोर्स सञ्चालन गर्नेदेखि इट्टा उद्योगीसम्म छन् । धेरैजसो इट्टा उद्योगीले मूल्य अभिबृद्धि कर (मुअकर) तिरेका छैनन् ।

ती ४९ जना उद्योगीलाई अनलाइन म्यासेज, पत्राचार तथा फोन सम्पर्क गर्दापनि हालसम्मको बक्यौता रकम दाखिला नगरेपछि अब सात दिनको समय दिएर सोभित्र कर तिर्न आउँन आन्तरिक राजस्व कार्यालय जनकपुरले भनेको छ । यदि सो अवधिमा बक्यौता रकम भुक्तानी नगरे कारबाही हुने जनाएको छ ।

Scroll to Top