जनकपुरधाम, बैशाख ३० गते । बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १का मुख्यमन्त्री शेरधन राइले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं. १ ले सानो सहयोग गरेर प्रदेश नं. २को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताउनु भयो ।
गत चैत्र १८ गते बारा पर्सामा आएको हावाहुरी २९ जनाको मृत्यु भएको हो भने करोडौको धनमालको क्षति भएको छ ।