पर्सामा ठूलो परिमाणमा गाजा र चरेस बरामद

Facebook
Twitter
WhatsApp
Print

वीरगञ्ज, जेष्ठ ३ गते । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा गाजा र चरेस बरामद गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट २८३ किलो गाजा र ५ किलो चरेश बरामद गरिएको हो ।

मकवानपुरतिरबाट गाजा ल्याइ देउरियास्थित घरहरुमा लागूऔषध. गाजा र चरेश लुकाएर राखिएको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बेस पोखरियाको टोलीले छाप हानेको थियो ।

स्थानीय फुसन माझीको घरबाट १५ किलो गाजा, चरेश ५ किलो र माझीको घरभन्दा केही पर रहेको नालाबाट २६८ किलो गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता शर्माको भनाइ छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार