छोरी शिक्षा विमाको रकम बढाउन माग

राजकरण महतो
जनकपुरधाम, जेष्ठ ६ गते ।
महोत्तरीको रामगोपालपुरबाट अढाई महिनाकी छोरी कृतिकालाई लिएर कमलेश र रिना यादव विमा गराउन मुख्यमन्त्रीको कार्यालयमा आएका थिए । सरकारले ल्याएको छोरी शिक्षा विमाले उनीहरु उत्साहित देखिन्थिए ।

‘अब छोरी हुर्काउन सजिलो हुन्छ,’कमलेशले भने,‘सहि समयमा विवाह हुन्छ । छोरीको शिक्षा बलियो र सफल भन्छ ।’ मधेशमा छोरीलाई पढाउदैन, पढाई हालेपनि मुश्किले कक्षा १० सम्म पढाउँछ । त्यो पनि विवाह गर्न सजिलो होस् भने पढाइन्छ । १६–१७ बर्षमै विवाह गरिन्छ ।

छोरीहरु एक त जन्मिनै पाउदैंन । जन्मि हालेपनी उनले खानपान, शिक्षादिक्षा र सहयोग नपाएर उनीहरुको जीवन लचार बन्ने गरेको छ । छोरी साक्षी मण्डलको विमा गराउन मुख्यमन्त्री कार्यालय आएका धनुषाको शहिद नगरपालिका–३ का विष्णुदेव मण्डलले प्रदेश सरकारप्रति गुणसो गरे ।

बीस बर्षपछी आज विमा गरेका छोरीहरुले पाउने साँवा लाखको भेलु खासै नहुने उनले बताए । ‘विमाको अवधि लामो समयको भयो,’उनले भने,‘सरकारले गरिवीका छोरीहरुलाई विशेष प्राथमिकतामा राखेर कम्तिमा १० लाख बनाउनु पर्छ ।’ विमाको साथ साथै छोरीहरुको पठनपाठनमा भरपर्दो सहयोग गर्नु उनले सरकारसंग माग गरेका छन् ।

विमित छोरीहरुको खातामा प्रदेश सरकारले १३ हजार ६४६ रुपैंया १५ पैसा जम्मा गरिदिन्छ । २० बर्षपछी एक लाख २५ हजार पाउँछन् । बीस बर्ष अघि नै विवाह गरेका त्यो छोरीले सरकारको विमा बाप्तको रकम पाउँदैन ।

प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाउ अभियना अन्तर्गत माघ यता जन्मिएका छोरीहरुको नाममा जीवन विमा कार्यक्रम सुरु गरेको छ । छोरी शिक्षा विमा मद्दती बचत कार्यक्रम ल्याएको छ । आज विमित छोरीहरु २० बर्ष पछी एक लाख २५ हजारको हकदार बन्नेछिन् । छोरीको विमा गराउन आउनेहरुको मुख्यन्त्री कार्यालयमा भिड लाग्ने गरेको छ । ७० जना छोरीको विमा खता खुलेको छ । हजार बढी छोरीको विमाका लागि आवेदन परेको छ ।

गत आर्थिक बर्ष प्रदेश सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ ल्याएको कार्यक्रम निकै चर्चा बटुलेको नीता तथा कार्यक्रम हो । गत माघदेखी छोरी शिक्षा विमा सुरु लागु गरिएको हो । छोरी शिक्षा विमालाई प्रभावकारी कार्यान्वय गर्न प्रदेश २ का एक सय ३६ स्थानीय तहमा स्वयंम सेवक परिचालन गर्न लागिएको छ ।

‘हाल सम्मा हामीले चालिस–पच्चास जना स्वयंम सेवक खटाएका छौ । स्वयंम सेवकहरुले स्थानीय तहबाटै विमाका कागजपत्र लिएर आउनुहुन्छ,’बेटी पढाऊ, बेटी बचाऊ अभियनाकी कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्,‘जुनजुन स्थानीय तहमा अहिले स्वयंम सेवक छैन ।’

ती स्थानीय तहका छोरीहरुको विमा प्रक्रियाहरु मुख्यमन्त्री कार्यालयबाट काम गर्ने गरिएको छ सबै स्थानीय तहमा स्वंयम सेवक भर्नापछी गाउँबाट छोरीको विमाको काम हुने उनले बताइन् । दिनहुँ ५०–६० जना बालिकाहरुको विमाको निवेदन पर्ने गरेको छ । हालसम्म प्रदेश २ का जिल्लाहरुबाट एक हजारबढी छोरीहरुको विमाको निवेदन परेको बेटी पढाऊ, बेटी बचाऊ अभियानी कार्यक्रम संयोजक यादवले बताइन् ।‘मधेशका छोरीहरु आमाको कोखबाट जन्मिदै लाखपतीको हकदार बनिरहेकी छिन्,’उनले भनिन्,‘आज जन्मेकी छोरी बीस बर्षपछी एक लाख २५ हजारको मालिक बन्नेछिन् ।’

प्रदेश सरकारले चालु आर्थिक बर्षमा छोरी शिक्षा विमाका लागि ५ करोंड ६० लाख छुट्याएको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी पदम पोखरेलले जनाए । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा कुल १९ करोड ४१ लाख छुट्याएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई आउजाउ गर्नलाई साइकल वितरणको कार्यक्रम छ । विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण योजना छ । यो समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top