मोटरसाईकल जंगली हरिणसंग ठोक्किदा हरिणको मृत्यु

द पब्लिक टुडे समाचारदाता
महोत्तरी, जेठ ८ गते –
महोत्तरीको बर्दिबास नगरपालिका ५ मा मोटरसाईकल जंगली हरिणसंग ठोक्किदा हरिणको मृत्यु भएको छ ।

पुर्वपश्चिम सडक खण्ड अन्तरगत बर्दिवास नपा ५ मा पुर्वबाट पश्चिम तर्फ जांदै गरेको को २४ प १०२१ नं। को मोटरसाईसँग मोटरसाईकल जंगली हरिणसंग ठोक्किदा हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाईकल चालक सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने वर्ष २८ को प्रमोद यादव र मोटरसाईकलमा पछाडी सवार वर्ष १८ को उमेश यादव घाइते भएको खड्का बताए ।

घाइते दुबै जनाको बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Scroll to Top