रामेछाप, जेष्ठ ११ गते । शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।
यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।