बन्दले प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

Facebook
Twitter
WhatsApp
Print

जनकपुरधाम, जेष्ठ १३ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाको अर्काे बैठक अब भोलि (मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश २ का अधिकांस सांसद बैठकमा भाग लिन आफ्नो घरबाटै आउने गर्छन् । सप्तरीदेखि पर्सासम्मका सांसदहरु घरबाटै आउनुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार