सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

Facebook
Twitter
WhatsApp
Print

राजविराज, जेष्ठ १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडग नगरपालिका-४ बस्ने २६ वर्षीय नवीन चौधरी र सिरहाको लहान नगरपालिका १२ बस्ने २७ वर्षीय ओमप्रकाश चौधरी छन् ।

नवीनको घट्नास्थलमै र गम्भीर घाइते भएका ओमप्रकाशलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डीएसपी भावेश रिमालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४६९२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स९प ६१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार