आफ्नै कार्यालय तोडफोड गरिन् उपमेयरले

Facebook
Twitter
WhatsApp
Print

जेठ १३ : रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले आफ्नै कार्यालयका सामग्री तोडफोड गरेकी छन्। आफ्नो भागमा नगरपालिकाले योजना नपारको भन्दै उपप्रमुख खातुनसहितको समूहले आईतबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा तोडफोड गरेकी हुन्।

उपप्रमुख खातुनको तोडफोडबाट प्राविधिक शाखाको एक थान ल्यापटप, एक थान कम्युटर तोडफोड तथा कार्यालयका कागजात च्यातिएको नगरपालिकाका ईन्जिनियर प्रवीण साहले जानकारी दिए।

योजना शाखाको समानसमेत तोडफोड गर्ने प्रयास असफल भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए। 

तोडफोडमा संलग्न रहेका ४ जना विरुद्ध सोमबार प्रहरीमा किटानी जाहेरी दिनेसमेत नगर प्रमुख चौधरी जानकारी दिए। नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उपप्रमुखकै अध्यक्षतामा पास भएको र अहिले आफैँले असहमति जनाउँदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप उनले लगाएका छन्। 

नगर प्रमुख चौधरीले आफूलाई असफल बनाउन उपप्रमुखका श्रीमान् शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको दाबी गरे। 

तोड़फोडमा उपप्रमुख रौशन खातुन शेख स्वयम् उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको प्रमुख चौधरीले बताए। 

प्रशासकीय प्रमुख जामुन चौधरीले आफूहरूले नगरको विकास चाहेको भएपनि उपप्रमुखका परिवारको मनलाग्दीका कारण उपप्रमुख अराजक भएको बताए। 

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार