• The Public Today
  • मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली जाने


    काठमाडौं, जेष्ठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । सोमवार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।

    यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।

    मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान,अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जबकि मोदीले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै माल्दिब्सबाट गरेका थिए ।

    मोदीको समथग्रहण समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् । मोदीले बिहीवार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस