• The Public Today
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा क्षतिपुर्ती रकम प्रदान


    जीवन बिमाको महत्व जानकीको परिवारलाई सोध्नुस् !

    बर्दिबास, जेष्ठ १७ गते । जीवन विमाको महत्व कति छ ? त्यसको उत्तर महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर –१३ की जानकी महतोलाई सोध्नुस् ।

    जीवन विमा गरेकै कारण आज जानकी दुःखद अवस्थामा पनि आर्थिक सहयोग प्राप्त गरेकी छिन् । उनका श्रीमान् श्रीचन महतोले जीवन विमा गराएको तीन दिन नबित्दै उनले यो संसार छाडेर गए । त्यसपछी ऋणको भारमा परेकी जानकीलाई जीवन बिमा कम्पनीबाट तीन लाख नगद प्राप्त गरेकी छन् ।

    उनलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बर्दिबासले बिमा बाप्तको रकमको चेक प्रदान गरिएको हो । शाखा प्रबन्धक सरोज दाहाल र गण्डकी विकास बैंक शाखा कार्यालय बर्दिबासका शाखा प्रबनधक यमप्रसाद दाहालले संयुक्त रुपमा तीन लाखको चेक हस्तान्तरण गरेका थिए ।

    जानकीका श्रीमान् श्रीचनले गण्डकी विकास बैंकबाट व्यपार गर्न उनले गत चैत्र महिनामा सात लाख ऋण लिएका थिए । उनले ऋण लिदाँ सिटिजन लाइफ इन्स्योरेन्समा तीन लाखको जीवन विमा गरेका थिए । गत चैत्र १२ गते विमा गरेका उनको तीन दिनपछी अचानक उनको मृत्यु भयो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस