सोमवार परेको शिवरात्रिको के छ विशेष महत्त्व, कतिबेला गर्ने शिवजीको पूजा ?

काठमाडौं, फागुन २० गते । भोलि सोमवार अर्थात् महाशिवरात्री । चन्द्रमासको चौधौं दिन नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ । हरेक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिको अध्यात्यमिक र सांस्कृतिक महत्व छ ।

भगवान शिवलाई पूजा गर्न विशेष समय वा मुहूर्त चाहिन्छ भन्ने चलन छ । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम भने यो कुरा मान्दैनन् । उनी भन्छन, ‘शिवजीलाई पूजा गर्न मुहूर्त चाहिँदैन । जुन बेलामा पूजा गरेपनि हुन्छ । भगवान ब्रह्मा, विष्णु, महेश्वरलाई पूरा गर्न मूहुर्त चाहिँदैन ।’

यस वर्षको शिवरात्रि सोमबार परेको छ । प्राडा गौतमका अनुसार सोम भनेको चन्द्रमा हो र शिवजीले चन्द्रमालाई शिरमा धारणा गरेका हुन्छन् । त्यसैले यसवर्षको शिवरात्रि महत्त्वपूर्ण छ । मध्यरातमा भगवान विष्णुले शिवको रुप धारण

गरेको दिन हो शिवरात्रि । यस दिन शिवजीको उपासना बन्दना गर्नु राम्रो मानिन्छ । सुखशान्ति र सद्गति र पारलौकिकका लागि शिवरात्रिको दिन महत्त्वपूर्ण मानिन्छ । साभार : लाेकान्तर

 

Scroll to Top