लोकसेवा आयोगले निकालेको विज्ञापन कुनै पनि हालतमा रोकिदैन : मन्त्री पण्डित

फाइल फोटो
 

काठमाडौं, जेष्ठ २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

आयोगको विज्ञापन समावेशी नभएकोले सच्याउनुपर्ने सुझावहरु आईरहेको बेला उनले स्थानीय तहको मागको आधारमा मन्त्रालयले आयोगलाई पदपूर्तिका लागि काम अघि बढाउन निर्देशन दिएको भन्दै विज्ञापन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आइतबार भएको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विज्ञापन संविधान र ऐन सम्बतरूपमा गरिएको दाबी गरे । पण्डितले भने- ‘५५५ स्थानीय तहको माग र मुलुकको आवश्यकताका आधारमा विज्ञापन गएिकाले सरोकार नभएका व्यक्तिले विरोध गर्नुको कुनै अर्थ छैन ।’

Scroll to Top