• The Public Today
  • समाचार लेखेको निहुमा पत्रकारमाथि कुटपिट


    द पब्लिक टुडे समाचारदाता
    गौशाला, जेष्ठ २२ गते ।
    समाचार लेखेको निहुमा महोत्तरीका एक पत्रकारमाथि कुटपिट भएको छ । महोत्तरीबाट प्रकाशित हुँदै आएको द पब्लिक टुडे राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता रामबाबु यादवमाथि कुटपिट भएको हो ।

    महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका राजनारायण महतोले आफ्नो कान्छी श्रीमतीलाई ८ वर्षदेखि यातना दिदैं आईरहेका कुरा बाहिर आएपछि गत बैशाख १७ गते “जेठीले सन्तान जन्माएपछि कान्छीमाथि चरम यातना ” शिर्षकमा द पब्लिक टुडे राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको थियो ।

    श्रीमतिलाई यातना दिइरहेको समाचार बाहिरिएपनि राजनारायणले कमोधियालाई यातना दिन नछोडेपछि बुधवार बिहान रिपोटिङ्का लागि गएका पत्रकार यादवमाथि राजनारायणले निर्घात कुटपिट गरेका छन् ।

    आफ्नो चरित्र वदनाम गराउनेगरी समाचार लेखेको भन्दै पूर्व गाविस अध्यक्ष देवनारायण महतोकै अगाडी राजनारायण महतोले पत्रकार यादवमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट पत्रकार यादव घाइते भएका छन् ।

    यो पनि पढ्नुहोस !

    जेठीले सन्तान जन्माएपछि कान्छीमाथि चरम यातना


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस