१५ हजार घुससहित इन्स्पेक्टर रंगेहात पक्राउ

बुटवल, जेष्ठ २३ गते । इलाका प्रहरी कार्यालय, रनेउरा रुपन्देहीका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निरीक्षक बिहिबार साँझ बस्नेतलाई घुसबापत् लिएको १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो। 

अख्तियारको टोलीले निरीक्षक बस्नेतलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले पुष्टि गरे । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताएका छन् ।

Scroll to Top