महोत्तरीमा एक किशोरमाथि एसिड प्रहार

Facebook
Twitter
WhatsApp
Print

बर्दिवास, जेष्ठ २५ गते । महोत्तरीको  बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् ।

शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज  गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मुखिया बर्दिवासचोकमै कवाडीको काम गर्दै आएका व्यक्ति हुन् ।  मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । 

मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सक डा. सीताराम पराजुलीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जनाएको छ ।

 

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार