तीन बुँदे सहमती पश्चात ग्याँस उद्योगीको आन्दोलन स्थगित (सहमतिपत्रसहित)



द पब्लिक टुडे समाचारदाता
काठमाडौं, फाल्गुण २१ गते ।

विगत दुई सातादेखि आन्दोलनमा उत्रिएका ग्याँस उद्योगीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग भएको सहमतिसँगै उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको उपस्थितिमा आयल निगमका प्रमुख सुरेन्द  पौडेल र ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीबीच भएको तीन बुँदे सहमतिसँगै उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले अनुसार निगम र उद्योगीबीच सहमति भएको र आन्दोलनका कार्यक्तम स्थगित भएको जानकारी दिए ।

उनका अनुसार गत फागुन १७ गते गठित अध्ययन समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

यस्तै ग्याँस तथा पेट्रालियम पदार्थको समग्र सुधारको मार्गचित्र निर्माणका लागि उच्चस्तरिय समिति गठन गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गरी एलपी ग्याँस विक्री वितरणको प्रक्रिया अघि बढाउने सहमतिपत्रमा उल्लेख छ । 

सहमतिपत्र

 

Scroll to Top