काठमाडौं, असार ३ गते । पूर्वप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा भट्टराईले जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो संसद् भएकाले कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनमतको कदर नभएको प्रतिक्रया दिएका हुन् । उनले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्र जिम्मेवार भएको समेत टिप्पणी गरे ।
‘म गैह्र जिम्मेवार व्यवहार ठान्दछु, म सत्तापक्ष प्रतिपक्ष दुवैको। प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमुल्य समय खे/ फाल्नु जनताको अभिमतको दुरुपयोग हो,’ उनले भने, ‘म चाँहि यसको तीव्र भर्त्सना गर्दछु।’