जनकपुरधामका मेयर साहको घरमा चोरी, २ जना पक्राउ

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फाल्गुण २२ गते ।

जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहको घरमा गएराति चोरी भएको छ । मेयर साहको घरमा सोमबार राति भएको चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

छोरीको बिहे प्रयोजनको लागि खरिद गरी ल्याइएको एक लाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेर लगिएको थियो ।

घटनामा संलग्नलाई राति नै धनुषा-महोत्तरी सीमाबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ६ का २० वर्षीय बिक्की साह र वडा ४ का २० वर्षीय किसन मण्डल रहका छन् ।

उनीहरूले चोरी गरेका समानहरु नयाँ बस पार्कमा सुरक्षित राखेको र उपलब्ध भएको धनुषाका एसपी शेखर खनालले जानकारी गराए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उनीहरू उपर थप अनुसन्धान गरी चोरी मुद्दा चलाइने तयारी भइरहेको बताइएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार