द पब्लिक टुडे डेस्क
जनकपुरधाम, असार ५ गते : ग्यास सिलिण्ड पडकिएर जनकपुरमा बिहीबार विहानै भिषण आगलागी भएको छ । होटलमा जडान गरिएको फ्रिजबाट सुरु भएको आगलागीमा होटलमा राखिएको ८ वटा ग्यास सिलेण्डर पडकिएर आगलागीले ठूलोरुप लिएको हो ।
[custom-facebook-feed]
तीनवटा होटेल जलेर खरानी भएको छ । जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकका तीन होटल जक्ष्ला ३२ लाखको क्षति भएको छ ।
गोविन्द मिस्टान भण्डार, सियाराम मिस्टान भण्डार र अझै एक होटेल गरी तीनवटा भोजनालय होटेल जलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । ‘होटेलमा फ्रिजमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्छ,’उपरीक्षक खनालले भने ।
जनकपुर, महेन्द्रनगरबाट आएको दमकलले तीन घण्टापछी आगलागी नियन्त्रणमा आएको थियो । समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको छ ।